Monday, April 16, 2012

शसक्तिकरणका लागी सामाजिक सचेतना तालीम सम्पन्न


मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना तथा र जिल्ला विकास समिति सुर्खेतको सहयोगमा शसक्तिकरणका लागी सामाजिक सचेतना तालीम २०७१ असार १९ गते लाटीकोइलीमा सम्पन्न भएको छ । बाल अधिकार ,बाल विवाह, मानवअधिकार , युवाका सवाल विषयमा प्रशिक्षण दिइएको तालीममा ६० जनाको सहभागीता रहेको थियो । 


संस्थाका गणेश वली र चरित्रा कुमारी के.सीले सहजीकरण गरेको तालीमले गाविसमा बालविवाह बारे सचेतना अभिवृद्धि गर्ने र बालविवाह मुक्क्त वार्ड घोषणामा टेवा पु¥याउने उद्देश्यका साथ वार्ड स्तरीय बालनेटवर्क गठन गरिएको छ । १७ सदस्यीय सृजनशिल बाल नेटवर्कको अध्यक्षमा करिश्मा खड्का, उपाध्यक्षमा गणेश चपाइ, सचिवमा माधुरी सुनार, कोषाध्यक्ष नारायण चपाइ र सह सचिवमा विनय खराल रहेका छन् समितिको सदस्यहरुमा क्रमस खुमा चपाई, याम ब. वि.क, दिपेश चपाई, लक्ष्मी खड्का, निरुता चौधरी, गिता खड्का, प्रकाश चौधरी, सम्पन्न खराल, पवन आचार्य, याम कुमारी थापा र हिरालाल सुनार रहेका छन् । 



नेटवर्कको संरक्षकमा हुरेक नेपालका अध्यक्ष गणेश वली र कालीका प्रा.वि सुब्बाकुनाका प्रधानाध्यापक टोप बहादुर खत्री रहनुभएको छ भने सल्लाहकारहरुमा स्थानिय कटक परियार रहनु भएको छ । तालीमको समापनमा बोल्द कालीका प्रा.विका प्र.अ टोप बहादुर खत्रीले बालविवाह अन्त्य गर्नमा बालवालीका सजग र सचेत हुनुपर्ने बताउदै वाल नेटवर्कलाइ सक्दो सहयोग गर्ने र यस विषयमा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा कटक परियारले बालविवाह समाजमा एउटा समस्याको रुपमा रहेको भन्दै बालवालीका स्वयंम् सचेत हुनु पर्नेमा बताउनु भयो ।


तालीममा संस्थाका अध्यक्ष गणेश वलीले बालविवाह समाजको खतरा भएकोले यसको अन्त्यको लागी एउटा संस्था वा व्यक्क्तिको प्रयासले मात्र सम्भव नहुने भन्दै स्थानिय बुद्धिजिवी, सामाजिक संघ संस्था, बालवालीका र सरोकारवाला निकायहरु गम्भीर भएर लाग्नु पर्नेमा जोड दिन भयो । कार्यक्रम कालीका प्रा.वि सुब्बाकुनाका प्रधानाध्यापक टोप बहादुर खत्रीको प्रमुख आथित्यता र हुरेक नेपालका अध्यक्ष गणेश वलीको सभापतीत्वमा सम्पन्न भयो ।
बाल विवाह नियन्त्रणको लागी गाविस स्तरीय बाल नेटवर्क गठन

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजना तथा गाविस रतु र जिल्ला विकास समितिको सहयोगमा शसक्तिकरणका लागी सामाजिक सचेतना तालीम  २०७१ असार १४ रतुमा सम्पन्न भएको छ । बाल अधिकार ,बाल विवाह, मानवअधिकार , युवाका सवाल विषयमा प्रशिक्षण दिइएको तालीममा रतु गाविसका विभिन्न वार्डवाट सहभागीहरुको सहभागीता रहेको थियो । 
संस्थाका गणेश वली र चरित्र कुमार के.सीले सहजीकरण गरेको तालीमले गाविसमा बालविवाह बारे सचेतना अभिवृद्धि गर्ने र बालविवाह मुक्क्त गाविस घोषणामा टेवा पु¥याउने उद्देश्यका साथ गाविस स्तरीय बालनेटवर्क गठन गरिएको छ । १५ सदस्यीय लालीगुराँस बाल नेटवर्कको अध्यक्षमा प्रेम कुमारी वि.क उपाध्यक्षमा अम्वीका आयार्य, सचिव ज्ञानु वली, कोषाध्यक्ष योगेश खड्का, सह सचिव सिता नेपाली, सदस्यमा क्रमस महेश आचार्य, विन्दु थापा, दिपक पुलामी, सस्मीता वि.क, याम कुमारी वली, ज्ञान बहादुर थापा, रेश्मा वली, गिता खत्री, राधा पोख्रेल र नवराज वि.क चयन भएका छन् । 
नेटवर्कको संरक्षकमा हुरेक नेपालका अध्यक्ष गणेश वली रहनुभएको छ भने सल्लाहकारहरुमा स्थानिय श्याम बहादुर राना र विष्णु खत्री चयन हुन भएको छ । तालीमको समापनमा बोल्दै जेष्ठ नागरीक श्याम बहादुर रानाले बाल विवाह नियन्त्रणमा आफु लागी पर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा स्थानिय स्वयंम्सेविका विष्णु खत्रीले समाजको खतरा बालविवाह अन्त्य गर्न र शारिरीक रुपमा पर्ने क्षतीको बारेमा जानकारी दिइ यसलाइ अन्त्य गर्न भुमीका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो ।
तालीममा संस्थाका अध्यक्ष गणेश वलीले बालविवाह गर्ने स्वयंम् व्यक्ति र परिवार समेतलाइ असर पुग्ने हँुदा यस विषयमा समाजका हरेक नागरीक , सरोकारवाला र बालवालीका सचेत र जिम्वेवार हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रम जेष्ठ नागरीक श्याम रानाको प्रमुख आथित्यता र हुरेक नेपालका अध्यक्ष गणेश वलीको सभापतीत्वमा सम्पन्न भयो ।

मानव बेचविखन नियन्त्रण बिषयक अन्र्तरक्रिया सम्पन्न



मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) को आयोजनामा मानव बेचविखन तथा ओसार पसार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा हुरेक नेपाल सुर्खेतको आयोजनामा २०७१ असार ६ गते अमरज्योती नमुना उच्च मा.विमा कार्यक्रमको आयोजना गरिएको हो । 

मानव बेचविखन तथा ओसार पसारको उच्च जोखीममा रहेको उमेर समुह बालवालीका तथा किशोर किशोरीहरुलाइ लक्षीत गरी सचेतना मुलक कार्यक्रम संचालन गरिएको संस्थाका अध्यक्ष गणेश वलीले जानकारी दिए । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक जिवन बुढाथोकीले विद्यार्थीहरुलाइ ट्राफिक व्यवस्थापन सम्वन्धी जानकारी दिएका थिए ।
सुर्खेत जिल्लामा बर्षेनी दर्जनौ महिलाहरु बेचविखनको समस्यामा परिरहेको र पर्ने जोखीममा रहेकोले यस कार्यक्रमले विद्यालय मार्फत समुदायसम्म सचेतना अभिवृद्धि हुने विद्यालयका प्र.अ डिल्ली प्रसाद उपाध्यायले बताउनु भयो । 


कार्यक्रममा संस्थाका अध्यक्ष गणेश वलीले मानव बेचविखन जस्तो जघन्य अपराधमा विद्यार्थी, अभिभावक तथा आम सारोकारवाला जिम्वेवार भएर लाग्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा मानववेचविखन सम्वन्धी सचेतना मुलक भिडियो डकुमन्ट्री तथा तथ्याङ्कहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका १८० जना विद्यार्थीको सहभागीता रहेको थियो । 
सारोकारवाला विच जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न
District level Interaction for prevention of human trafficking, speech from president of HUREC Nepal in surkhet.
जिल्लामा मानव बेचविखन तथा ओसारपसारको अवस्था, चुनौती न्युनिकरणका विषयमा सवै सरोकारवालाहरु प्रतिवद्ध, जिम्वेवार क्रियासिल हुनुपर्नेमा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले धारणा राखे भारत संग सिमा जोडिएका जिल्लासंग सुर्खेत जिल्ला जोडिएको खुल्ला सिमानाको प्रयोग गरी मानव ओसार पसार तथा बेचविखन हुने हुदाँ यो जिल्ला मानव बेचविखनको जोखीममा रहेको विभिन्न बाहानामा बालवालीका महिलाहरुलाइ बेचखिनमा परिरहेको विभिन्न तथ्याङ्कले जनाएको मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजनामा संचालीत मानव बेचविखन नियन्त्रणका लागी सरोकारवालाहरुको भुमीका विषयक जिल्ला स्तरीय अन्तरक्रियामा . २०६३÷६४ देखी . २०६९÷७० का मानवबेचविखनको तथ्याङ्क सार्वजनिक गरिएको थियो
जसमा . २०६३÷०६४ मा मानव बेचविखनको वटा, . २०६४÷६५ मा , . २०६५÷६६ मा मानवबेचविखन उद्योगमा , . २०६६÷६७ मा वटा, . २०६७÷६८ मा बेचविखन मानवबेचविखन उद्योग, . २०६८÷६९ मा वटा चालु . २०६९÷७० मा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका वटा मानव बेचविखनका घटना सार्वजनिक गरियको यस वर्ष वटा मानव बेचविखनका प्रयास भएको प्रहरी कार्यालयमा मानव बेचविखन उद्योगमा दर्ता नभएकोसमेत उक्त कार्यक्रममा जनाइएको

अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिती तथा जिल्ला प्रशासन कार्यालयका सहयाक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले सरोकारवाला निकायहरु यस विषयमा गम्भीर नभएको बताउदै यस विषयमा गम्भीर हुन समेत आग्रह गर्नुभयो कार्याक्रममा स्थानिय विकास अधिकारी भोजेन्द्र कुमार क्षेत्री, पत्रकार महासंध सुर्खे तका अध्यक्ष दुर्गा थापा लगाएतका वक्ताहरुले यस विषयमा बोल्नु भएको थियो कार्यक्रमका सभापती एवं हुरेक नेपालका अध्यक्ष गणेश वलीले यो अभियानमा साथ दिन सवैलाइ अनुरोध गर्दे यो संस्था अभियानमुखी संस्था भएकोले मानवबेचविखन न्युनिकरण गर्न संचालीत यस अभियानमा सरोकारवालाहरु गम्भीर नभएको बताउनु भयो

दुर्गमबाट पनि बेचिन थाले महिलाहरु
Opening a Campaign for Street child “One Person One Rupee for Better life of Street child” from CDO of Dailekh. 
सहरी क्षेत्रहरुमा चर्को रुपमा देखिएको मानव वेचविखनको समस्या पछिल्ला दिनहरुमा दुर्गम जिल्लाहरुमा समेत देखिन थालेको दैलेखमा समेत वेचविखनको समस्या तिब्र रुपमा बढ्दै गएको प्रति सदरमुकाममा चर्चा गरिएको
मानव वेचविखन नियन्त्रणका लागि सरोकारवालाहरुको भूमिका बिषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा दैलेखमा भएका मानव वेचविखनको बारेमा छलफल गर्दै प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाको यसको व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका थिए २०६७ सालमा पादुका गाविस कि सिता नाम परिवर्तनलाई कविराज सुनार मायाँ केसीले बेचविखनका लागि लिएको प्रमाण भेटीएपछि कविराज सुनारलाई पुर्पक्षका लागि थुनामा राखिएको भने मायाँ केसी फरार भएको विवरण जिल्ला प्रहरीमा
       २०६८ सालमा पिलाडी गाविसबाट वेचविखनका लागि लिदै गरेका दुई यूवतीलाई सुर्खेतबाट फर्काईएको एक साता अघि मात्रै रुपैडिया नाकाबाट दैलेखका दुई यूवतीलाई माईति नेपालले फिर्ता पठाएको आवाज संस्थाले जानकारी दिएको जिल्ला विकास समिति दैलेखको सहयोग मानव अधिकार तथा ग्रामिण बातावरण संरक्षण केन्द्र हुरेक नेपालको आयोजनामा संचालन गरिएको उक्त कार्यक्रममा दैलेखमा भएका वटा घटनाहरु अन्य लुकेका धेरै घटनाहरुको खोजी गर्नुपर्ने आवश्यकता औल्याईएको
जिल्लामा विभिन्न समस्याबाट अभिभावकहरु गुमाएका बालबालिकाहरुको सहयोगका लागि रुपैंयाँ संकलन अभियान समेत संचालन गरिएको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाद्धारा उक्त अभियानको उद्घाटन गरिएको थियो

मानव वेचविखन कसरी हुन्छ सो को रोकथामका साथै कानुनी उपचारका बारेमा बृतचित्र समेत प्रर्दशन गरिएको थियो कार्यक्रमलाई स्वागत गर्दै हुरेक दैलेखका टीम लिडर चक्र के.सी.ले गाउँ गाउँबाट काममा लगाईदिने झुटो प्रलोभन देखाएर दैलेखबाट समेत थुप्रै चेलिबेटीहरु बेचविखनको सिकार भएको बताए

हुरेक नेपालका अध्यक्ष गणेश वलीले मानव बेचविखन बारे कानुनीकुराहरुको व्यापाक प्रचार प्रसार गाउँ गाउँमा पुर्याउने अभियान थालिएको बताएका छन्   कार्यक्रममा जिल्ला अदालत दैलेखका श्रेस्तेदार आनन्दराज पन्त, एनेकपा माओवादीका जगत हमाल, नेपाली काँग्रेसका रेसम बिक, नेकपा एमालेका कर्णबहादुर खड्का, लगायतका राजनीतिक दलका साथै अन्य सरोकार निकायहरुले धारणा राखेका थिए



मिति ः २०६९÷०९÷१
   प्रेस विज्ञप्ति


महिलामाथिका विभिन्न हिंसाका घटना देशव्यापी रुपमा दिनानुदिन एकपछि अर्को गर्दै शृङ्खलाबद्ध रुपमा भइरहदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । महिला यसरी आफ्नै घरपरिवार, समाज, र राज्यका व्यक्तिहरुवाट असुरक्षित भइरहदा राज्य उदासिन र बेखवर हुनु दुःखदायी कुरा हो । विश्वभरी महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहदा र अभियान सम्पन्न भएपछि झनै यस्ता हिंसाका घटनाहरु बढ्नु सरकार, राजनितिक दल, मानवअधिकारकर्मी, आमसंचारमध्ययम, नागरिक समाज, कानुनव्यवसायी र संघ संस्थाहरुको लागी थप चुनौती र सोचनिय विषय बन्न पुगेको छ ।
चरणवद्धरुपमा बर्दिया, बारा, त्रिभुवन अन्राष्ट्रिय विमानस्थल, अनामनगर र भर्खरमात्र दैलेख र रौतहटमा भएका घटनाहरु यसका ज्वलनत उदाहरणहरु हुन् । राज्य महिला हिंसाका घटनाको वारेमा बेखवर जस्तै भएको छ । गृहप्रशासनले पिडकलाई कानुनी दायरामा ल्याउन नसक्दा दण्डहिनताले प्रसय पायको छ र राज्य विहिनताको महशुस आम नागरिकहरुले गरिरहनु परेको छ । यसतर्फ नेपाल सरकारले पहलकदमी लिई दोषीलाई कडाभन्दा कडा सजाय दिई पिडितलाई न्यायको लागी जोडदार माग गर्दछौ । साथै नागरिकहरुको बाँच्न पाउने अधिकार सुनिश्चितताको लागी सरकारको ध्यानाकर्षण गर्दछौ ।

.................................
गणेश वली
अध्यक्ष
हुरेक नेपाल  


हुरेक नेपाल द्धारा संचालीत रेडियो कार्यक्रम मेरो आवाज मेरो अधिकार संचालन गर्दे कार्यक्रम प्रस्तोता ।
  शाखा कार्यालय स्थापना

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको शाखा कार्यालय दैलेखको स्थापना भएको छ । मानवअधिकार ,वालअधिकार ,वातावरण संरक्षण ,जलवायु परिवर्तन ,युवा शसत्तिकरण र लैङ्गीक समानताको क्षेत्रमा कृयाशिल संस्थाको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नारायण नगरपालीका १ दैलेख कार्यालय रहने यस संस्थाले मानवअधिकार का क्षेत्रमा भएका घटनाहरुको अनुगमन ,नागरीकको अधिकारको लागी वकालत गर्ने र वातावरण जस्तो संवेदनशिल क्षेत्रको संरक्षण गरी दिगो ,स्वस्थ र सुखी भविष्यको निर्माण गर्ने उद्देश्य रहेको हुरेक नेपाल का अध्यक्ष गणेश वलीले जानकारी दिनुभयो । साथै यस संस्थाले दैलेख जिल्लामा विभिन्न निकायहरु संग समन्वय गरी वकालत ,पैरवी ,मानवअधिकार का घटनाहरुको अनुगमन जस्ता कृयाकलापहरु संचालन गर्ने अध्यक्ष वलीले जानकारी दिनुभयो ।

बाल अधिकार का लागी सचेतना तालिम सम्पन्न ।।
मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेतको आयोजनामा २ दिने बालअधिकारका लागी सचेतना तालीम सुर्खेतको रतुमा सम्पन्न भयो ।  बालबालिकाहरुलाई उनिहरुको अधिकारको वारेमा सचेत एवम् जागरुग वनाउदै बालवालिकाहरु प्रति हुने विभिन्न दुव्र्यवहार वाट कसरी सचेत गराउने उद्देश्यले संचालीत उक्त तालीको समन्वय गाविसको कार्यालय रतुको रहेको थियो । उक्त तालीमा बालअधिकार ,बालविवाह ,बालयौन शोषण तथा दुव्र्यवहार ,मानव बेचविखन र बालश्रमका वारे प्रशिक्षण दिईएको थियो । ३५ जना वालवालिको सहभागीता रहेको उक्त तालीम पश्चात गाविस मा हुने वालअधिकार हनन्का घटनाको वारेमा विभिन्न निकायमा जानकारी दिने र वालअधिकारका वारेमा स्थानिय निकायहरु संग समन्वय गरी काम गर्ने उद्देश्यका साथ गाविस स्तरीय लालीगुराँस वाल नेटवर्क समेत गठन गरीयको छ । उक्त तालीमको सहजीकरण संस्थाका अध्यक्ष गणेश वली ,जिवन थापा र पवन वलीले गर्नु भएको थियो ।

मानव अधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक नेपाल) सुर्खेत को आयोजना तथा गाविस रतु सुर्खेतको समन्वयमा संचालित तालिम पश्चात सामुहिक तस्विर खिचाउदै संस्थाका पदाधीकारीहरु ,कर्मचारीहरु र तालीममा सहभागी वालवालीकाहरु....
Press Release 


वीरेन्द्रनगर नगरपालीका वार्ड नं १ की मिना मग्रातीको मिति २०६८ जेष्ठ ३ गते भएको रहस्मय मुत्युको हुरेक नेपाल सुर्खेतको अगुवाईमा संयुक्त अनुगमन गर्दे हुरेक नेपालका अध्यक्ष ,गैर सरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष ,विभिन्न पत्रकारहरुको सयुक्त टोली । साथमा घटनाको वारेमा जानकारी गराउदै मिना मग्रातीका आफन्त तथा छिमेकीहरु .....


No comments:

Post a Comment